Main
पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा सर्वसाधारणलाई लगाइदिए टीका र जमरा (तस्वीरहरू)

२६ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् ।
शनिबार निर्मल निवासमा दिउँसो ४ बजेपछि पुर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।
पूर्वराजाको हातबाट नायिका मनिषा कोइराला र नीति शाहले पनि टीका र जमरा लगाएकी छिन् ।
दशैंको मुख्यदिन आज मान्यजनको हातबाट शुभसाइतमा टीका गाएका छन् भने आजकै दिनदेखि पूर्णिमाको दिनम्म मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा छ ।
हेर्नुहोस तस्वीरहरू :
– यस समाचारको श्रोत : Online Khabar हो ।