Main
प्रधानमन्त्री ओलीले भने : सहकारी ठगहरु छोडिदैन, पीडितले न्याय पाउँछन्

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका ठगहरुलाई नछोडिने बताएका छन् ।
पार्टी पोलिटब्यूरो सदस्यहरुलाई च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीका ठगहरुलाई कानुन बमोजिम कारबाही गरिने बताएका हुन् ।
‘सहकारी ठगहरुलाई छोडिदैन । ठगहरुमाथि कानुन बमोजिम कारबाही हुन्छ । पीडितहरुले न्याय पाउनेछन्’, प्रधानमन्त्री ओलीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।