Main
प्रधानमन्त्री कप भलिबलमा आर्मीको चौथो जित

२१ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा पुरुषतर्फ खेलमा सुदूरपश्चिमलाई सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले लिगमा चौथो जित हासिल गरेको छ ।
सोमबार दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई २५-२२, २५-१५, र २५-२२ को सेटमा पराजित गरेको हो ।
सुदूरपश्चिमको भने यो चौथो हार हो । यसअघि सुदूरपश्चिमले नेपाल पुलिस, गण्डकी प्रदेश र हेल्प नेपालसँग हार व्यहोरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।