Main

बजेट नदिएको भन्दै संसदमा ज्ञानेन्द्र शाहीले सम्झिए गीत-कर्णाली पारी, छैन खेत बारी …

४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले बजेटमा विभेद गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले प्रश्न गरे, ‘तपाईं (भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ) नेपालको मन्त्री हो कि, धनुषाको मन्त्री हो ? डाटा छ मसँग हावामा बोलेको छैन ।’

कर्णालीलाई बजेटमा अपमान गरिएको उनले बताए । भौतिक पूर्वाधार मन्त्रालयले धनुषामा ८ अर्ब ७७ करोड र झापामा ६ अर्ब ७० करोड गरेर दुइटा जिल्लामा मात्रै १५ अबै ४७ करोड विनियोजन भएको उल्लेख गर्दै उनले सिंगो कर्णालीमा भने ७ अर्ब ४८ करोड विनियोजन भएको बताए ।

उनले फेरि प्रश्न गरे, ‘भौत्तिक पूर्वाधार मन्त्री धनुषा र झापाको मन्त्री हो कि नेपालको ?’ नेपालको मन्त्रीले कर्णालीलाई विभेद गर्न नहुने बताए ।

कर्णालीलाई बम बजेट दिएको भनेर उनले आफ्नो अभिव्यक्तिको सुरुमै गीत सम्झिए, ‘कर्णाली पारी, छैन खेत बारी, कर्णाली झम तारा झमझम … ।’

विगतमा एमाले र माओवादीको लाल किल्ला रहेको कर्णाली बजेट र योजनाको अभावमा पछाडि परेको भन्दै विभेद कायम रहे क्षत्रीय दल जन्मिने चेतावनी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button