Main

सुनको भाउ ७ सय घट्यो, चाँदी बढ्यो

१ जेठ, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ तोकेको छ ।

सोमबार १ लाख ३८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ भने बढेको छ । सोमबार तोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button