Main

बास डे लिडले पोखरा एभेन्जर्सबाट खेल्ने

४ कात्तिक, काठमाडौं। डच अलराउण्डर बास डे लिडले नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

शपोखरा एभेन्जर्सले आईतबार सामाजिक सञ्जालमार्फत लिडलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ।

पोखराले अनुबन्ध गरेको उनी दोस्रो विदेशी खेलाडी हुन् ।

यसअघि पोखराले अमेरिकन विकेटकिपर ब्याटर आन्द्रेस गोसलाई अनुबन्ध गरिसकेको छ ।

लिडले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्न आफू उत्साहित रह्को बताएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button