बुधबारदेखि प्रेसिडेन्ट कप स्क्वास

४ असार, काठमाडौँ । नेपाल स्क्वास एन्ड राकेट्स संघको आयोजनामा बुधबारदेखि प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियन्सीप हुने भएको छ ।
सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको आफ्नै भवनमा रहको स्क्वास कोर्टमा हुने प्रतियोतिगा शनिबार सम्पन्न हुनेछ ।
प्रतियोगतामा पुरुष ओपन, महिला ओपन, ४५ वर्ष माथि उमेर समूहको भेट्रान ओपन र ब्वाइट यु १७ तथा गर्ल्स यु १७ इभेन्टमा प्रतिस्पर्धा हुनेछन् ।
सो प्रतियोगितामा नेपालका सबै शीर्ष स्क्वास खेलाडीसहित कूल ६० जनाको सहभागिता रहनेछ । प्रतियोगिता नकआउटको आधारमा खेलाइनेछ ।
यस प्रतियोगितामा पुरुषतर्फ अरहन्तकेशर सिम्हा र महिलातर्फ स्वास्थानी श्रेष्ठलाई नम्बर एक वरीयता प्राप्त छ ।
गत महिनामात्र घरेलु स्क्वास खेलाडीहरुको वरीयता छुट्याउन पहिलो पटक एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिता भएको थियो । जसअनुसार पुरुषतर्फ अमिर ब्लोन दोस्रो र दीपक थापा तेस्रो वरीयतामा हुनहुन्छ । महिलातर्फ विपना ब्लोनलाई दोस्रो र कृष्णा थापालाई तेस्रो वरीयताप्राप्त छ ।
अन्य विधामा एनिभर्सरी कपमा प्राप्त स्थानको आधारमा खेलाडीहरुको वरीयता छुट्याइएको छ ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको वार्षिक क्यालेन्डरमा रहेको हुँदा यो प्रतियोगिता हरेक वर्ष आयोजना हुने बताइएको छ ।
तस्वीरः प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियन्सीपमा शीर्ष वरीयताप्राप्त खेलाडीहरु स्वस्थानी श्रेष्ठ र अरहन्तकेशर सिम्हा ।
– यस समाचारको श्रोत : Online Khabar हो ।