Main

भारतसँग नेपालले पहिलो विकेट गुमायो

१९ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर दीपक बोहरा २२ रनमा कट एण्ड बोल्ड आउट भएका हुन् ।

तीव्र गतिका बलर राज लिम्बानीको सट बल पुल सट खेल्ने चक्करमा एज लागेर कट एण्ड बोल्ड आउट भएका हुन् । ४२ बल खेलेका दीपकले ३ चौका हानेका थिए ।

नेपाललाई ओपनर अर्जुन कुमाल र दीपकले पहिलो विकेटका लागि १३.२ ओभरमा ४८ रनको संयमित सुरुवात दिलाएका थिए ।

जितको लागि २९८ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा १ विकेट गुमाउँदै ५२ रन बनाएको छ ।

अर्जुन कुमाल ३९ बलमा ३ चौकासहित १८ र उत्तम थापामगर १ रनमा क्रिजमा छन् ।

त्यसअघि माङ्गाउगं ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो ।

भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ तथा उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button