‘भुलभुलैया ३’ मा कार्तिक आर्यनसँग तृप्ति डिमरीले रोमान्स गर्ने

काठमाडौं । कार्तिक आर्यन अभिनित हिन्दी फिल्म ‘भुलभुलैया २’ को व्यावसायिक सफलतापछि दर्शक यसको तेस्रो श्रृंखलालाई लिएर प्रतीक्षारत छन् । यो फिल्मबारे कार्तिक र निर्माताले जति कुरा गरेका छन्, यसले फ्यानमा उत्साह जगाएको छ ।
फिल्मको कास्टिङलाई लिएर एक खबर प्राप्त भएको छ, जुन दर्शकलाई हलसम्म तान्न पर्याप्त हुनसक्छ । हालै अक्षकुमार स्टार मौलिक ‘भुलभुलैया’की वास्तविक मञ्जुलिका अर्थात विद्या बालन फिल्मको तेस्रो सिक्वेलमा आउने खबर सार्वजनिक भएको थियो । यो लगत्तै यसमा माधुरी दीक्षित पनि कास्टिङ हुने चर्चा रह्यो । यतिबेला भने कार्तिकले फिल्मको शीर्ष नायिकालाई लिएर महत्वपूर्ण संकेत दिएका छन् ।
कार्तिकले सामाजिक सञ्जालमा एक पोस्ट गरेका छन्, जसमा अभिनेत्रीको आधा मात्र तस्वीर देखिन्छ । फोटोको साथमा लेखिएको छ– ‘एक चिलिङ स्माइले जसले मनमा डर पैदा गर्छ ।’
कार्तिकले जसको फोटो सेयर गरेका छन्, त्यो तृप्ति डिमरीको फोटो हो । कार्तिकको पोस्टरमा कमेन्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटोमा देखिएकी तृप्ति भएको उल्लेख गरेका छन् । सन् २०२२ मा तृप्तिले यो तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।
‘भुलभुलैया २’ मा कार्तिकको अपोजिटमा कियारा आडवाणी थिइन् । कार्तिकको आउने फिल्म ‘आशिकी २’ मा पनि तृप्ति सामेल छिन्, जसलाई अनुराग बासुले निर्देशन गर्नेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।