Main

भौतिकमन्त्री दाहालले गरे यातायात विभागको आकस्मिक अनुगमन

१३ कात्तिक, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् ।

मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपरान्ह अनुगमनका लागि मीनभवन स्थित विभागको कार्यालय पुगेका थिए ।

अनुगमनका क्रममा उनले सेवाग्राहीसँग समेत कुराकानी गरेका थिए । उनले विभागबाट प्रवाह सेवाबारे जानकारी लिएका थिए ।

सेवाग्राहीले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाउन आग्रह गरे । सेवाग्राहीसँग कुराकानीपछि उनले लाइन नलागी सेवा लिने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिए

। उनले टोकन प्रणाली लागु गरी सेवा लिने प्रबन्ध गर्न समेत निर्देशन दिए ।

मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमति पत्र र इम्बोस्ड नम्बर छपाइका बारेमा पनि जानकारी लिए ।

विभागका महानिर्देशक राजिव पोखरेलले हाल दैनिक ४ हजारका दरले चालक अनुमति पत्र छपाइ भई रहेको जानकारी दिए ।

प्रदेश स्तरबाट समेत छपाइ सुरु भएकाले विभागमा चाप केही घटे पनि डिजिटल कार्ड छपाइलाई चुस्त र नियमित बनाइएको उनको भनाइ छ ।

इम्बोस्ड नम्बर जडानलाई थप तीव्र र व्यवस्थित पारिने भन्दै पोखरेलले विद्युतीय सवारी दर्ता प्रणालीलाई देशै भर कार्यान्वयन गरिने बताए । नयाँ सडकहरूमा थप रुट निर्धारणका लागि अध्ययन भई रहेको विभागले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button