Main

मदन भण्डारी कप खुला हाफ म्याराथनको उपाधिमा सेनाका धावक हावी  

३ वैशाख, बुटवल। बुटवलमा सम्पन्न २१ किलोमिटर दूरीको हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाले जितेका छन् । मदन भण्डारीको ३१औं स्मृति दिवसको अवसरमा आयोजित दोस्रो मदन भण्डारी कप खुला हाफ म्याराथन तथा रोड रेस प्रतियोगितामा रोकायले १ घण्टा ९ मिनेट २४ सेकेन्डमा २१ किलोमिटर दूरी पार गर्दै उपाधि हात पारेका हुन् ।

नेपाली सेनाकै नरेन्द्र सिंह रावतले १ घण्टा १० मिनेट १४ सेकेन्डमा दूरी पार गरेर उपविजेता बने । नेपाली सेनाकै रामजी बस्नेत १ घण्टा १० मिनेट ३० सेकेन्डमा दूरी पार गरेर तृतीय भए । उपाधिसँगै रोकायले नगद १ लाख रुपैयाँ, उपविजेता रावतले ७५ हजार, र तेस्रो भएका बस्नेतले ५० हजार पाए ।

जुम्लाका दुर्गा बहादुर बुढा १ घण्टा १० मिनेट ४४ सेकेन्डमा दूरी पार गरेर चौथौ हुँदै ३० हजार रुपैयाँबाट पुरस्कृत भए । नेपाली सेनाका श्रीकस राई पाँचौ स्थान हासिल गर्दै नगद २० हजार, एपीएफका किरण सिंह बोगटी छैटौं बन्दै नगद १० हजार रुपैयाँबाट पुरस्कृत भए ।

यसैगरी कलेजस्तरीय १० किलोमिटर छात्र दौडमा सप्तरीका अजित कुमार यादवले ३२ मिनेट २३.०२ सेकेन्ड मा दूरी पार गर्दै उपाधि हात पारे । उपाधिसंगै उनले ३५ हजार रुपैयांबाट पुरस्कृत भए ।

नेपाल प्रहरीका जगेन्द्र अहिरले ३२ मिनेट २३.०८ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरेर नगद २५ हजार रुपैयाँ, बझाङका करण रावलले ३२ मिनेट ४८.२० सेकेन्डमा दूरी पार गरेर तृतीय हुँदै नगद १५ हजार रुपैयाँबाट पुरस्कृत भए ।

अछामका कमलराज तिमिल्सिना चौथो हुँदै नगद १० हजार, कास्कीका दिनेश बोगटी पाँचौ हुँदै नगद ७ हजार तथा मिङमार तामाङ छैटौ हुँदै नगद ५ हजार रुपैयाँबाट पुरस्कार भए ।

यसैगरी १० किलोमिटर महिला खुल्लाको उपाधि एपीएफका पुष्पा भण्डारीले हात पारेकी छन् । उनले ३८ मिनेट १०।०७ सेकेन्डमा दूरी पार गर्दै उपाधिसंगै नगद ३५ हजार रुपैयाँ, कप, मेडलबाट पुरस्कृत भए ।

एपीएफकी आज्ञा रावतले ३८ मिनेट ३२.०७ सेकेन्डमा दूरी पार गरेर दोस्रो बन्दै नगद २५ हजार रुपैयाँ, नेपाली सेनाकी सिर्जना पाण्डे ३९ मिनेट ३१।२० सेकेन्डमा दूरी पार गरेर तृतीय हुँदै नगद १५ हजार रुपैयाँबाट पुरस्कृत भइन् ।

नेपाली सेनाकी सुमित्रा चौधरी चौथो हुंदै नगद १० हजार, मनिका कुमाल पाचौ हुँदै नगद ७ हजार तथा अनिसा चौधरी छैटौ हुँदै नगद ५ हजार रुपैयाँबाट पुरस्कार भइन् ।

यसैगरि विद्यालय छात्रमा जनज्योति मावि सुर्खेतका अजय बिक प्रथम हुँदै नगद २० हजार रुपैयाँ, कप, मेडलबाट पुरस्कृत भए । सयपत्री माबि कंचनपुरका बिक्रम कार्र्की दोस्रो हुँदै नगद  १५ हजार, भैरव माबि जुम्लाका शेर बहादुर अधिकारी तृतिय हुँदै नगद १२ हजार, हसनापुर माबि रुपन्देहीका उमेश बरही चौथो बन्दै नगद १० हजार, जनज्योति मावि सुर्खेतका बिकास बिक पांचौ स्थान हासिल गर्दै नगद ७ हजार र बालविकास माबि तनहुका अमृत बिक छैटौ स्थान हासिल गर्दै नगद ५ हजार रुपैयाँबाट पुरस्कृत भए ।

छात्रा ३ किलोमिटर दौडमा सुर्खेतकी बिमला कार्की प्रथम हुँदै नगद १५ हजार, काठमाण्डौकी आइसमा आचार्य दोस्रो हुँदै नगद १० हजार, सुर्खेतका लक्ष्मी शाही तृतिय हुँदै नगद ७ हजार, रुपन्देहीकी कुसुम ठगुन्ना चौथो हुँदै ५ हजार, सल्यानकी समिक्षा शाही पाचौ स्थान हासिल गर्दै नगद ३ हजार रुपैयाँबाट पुरस्कृत भए ।

विजेता धावकहरुलाई प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री छबिलाल बिश्वकर्मा, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांड, बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रीदेवी अर्याल, ओलम्पियन बैकुण्ठ मानन्धर, आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहन बहादुर घले, एकेडेमीका सदस्य सचिव बिनोद आचार्यले पुुरस्कार वितरण गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button