Main

मन्त्रीहरू फेर्नेबारे गठबन्धनभित्र कुरा भइरहेको छ : माओवादी प्रवक्ता

काठमाडौं।नेकपा माओवादी (केन्द्र) का प्रवक्ता अग्नीप्रसाद सापकोटाले मन्त्रिपरिषदको हेरफेरबारे गठबन्धनमा छलफल भइरहेको बताएका छन्।

पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले सरकारले केही न केही गर्नैपर्ने बाध्यतालाई पूरा गर्नका लागि प्रधानमन्त्रीले आफ्नो गतिसँगै मिल्नेखालको मन्त्रिपरिषद बनाउन खोजेको बताए।

‘प्रधानमन्त्रीले नै मैले केही न केही गर्दैछु भन्ने छ। त्यसको तयारी पनि भइरहेको छ। अब सरकार नै गठबन्धनको भएका कारण हामीले छलफल गरिरहेका छौं’ उनले भने ‘कसरी मन्त्रिपरिषद बनाउने भन्ने ठोस समीक्षा भएको छैन। आफ्नो दिशा निर्देश गर्नुभएको हो। हामी पनि त्यसमा अन्तिम निर्णयतिर पुगिसकेका छैनौं।’

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button