Main

महिला फुटबलको बन्द प्रशिक्षणमा २५ खेलाडी

३२ जेठ, काठमाडौं । राष्ट्रिय महिला फुटबलको बन्द प्रशिक्षणबाट २५ खेलाडी सहभागी भएका छन् ।

लेबनानमा आयोजना हुने फोर नेसन्स कप महिला फुटबलको तयारीका लागि नेपाली महिला टोली प्रशिक्षणमा रहेको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिएका छन् ।

फोर नेसन्स कप आगामी जुलाइमा हुने तय भए पनि यसको आधिकारिक मिति र सहभागी टिमको घोषणा भइसकेको छैन । तर विभिन्न रिपोर्टका अनुसार आयोजक लेवाननसहित नेपाल, बंगलादेश र जोर्डनले प्रतियोगिता खेल्नेछन् ।

हाल नेपाली टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षण गरिरहेका छन् ।

नेपाली टोली

गोलकिपर : अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : अमृता जैसी, गीता राणा, हिराकुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना, समीक्षा घिमिरे, प्रतीक्षा चौधरी

मिडफिल्डर : रेणुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की, विमला चौधरी, सरस्वती हमाल

फरवार्ड : सावित्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button