माग्ने बुढाले साइन गरे अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’

काठमाडौं । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले फिल्म ‘जेरी अन टप’ साइन गरेका छन् । शुक्रबार निर्माता र उनीबीच लिखित समझदारी भएको छ ।
फिल्मको मुख्य भूमिकामा घिमिरेलाई साइन गरिएको निर्माता सरोज न्यौपानेले बताए । यो फिल्मको मुख्य भूमिकामा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त यसअघि नै अनुबन्धित भैसकेका छन् ।
यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । निर्माता न्यौपानेले नेपाली फिल्ममा अहिलेसम्म नसुनिएको कथा र परिवेशमा फिल्म निर्माण हुन लागेको बताए ।
फिल्मको पटकथामा चर्चित कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल पनि जोडिएका छन् । फिल्मको छायांकन आउँदो सातादेखि सुरु हुने जनाइएको छ ।
त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्मको छायांकन काठमाडौं र भारतको लद्दाखमा हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।