Main

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

१३ कात्तिक, काठमाडौं । सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका-१० लङ्गुरखोला बस्ने २० वर्षीय धनबहादुर लामिछानेको मृत्यु भएको हो । लङ्गुरखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button