Main

मोबाइल गेम स्टोर सुरु गर्दै माइक्रोसफ्ट, गुगल प्ले स्टोरसँग टक्कर

विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले आफ्नै अनलाइन मोबाइल गेम स्टोर सुरु गर्ने योजना बनाएको छ ।

रिपोर्ट अनुसार आगामी जुलाईमा माइक्रोसफ्टको गेम स्टोर लञ्च हुनेछ । माइक्रोसफ्ट मातहतको भिडियो गेमिङ ब्राण्ड एक्सबक्सका अध्यक्ष सराह बन्डले ब्लुम्बर्ग टेक्नोलोजी शिखर सम्मेलनका क्रममा उक्त जानकारी गराएका हुन् ।

उनका अनुसार माइक्रोसफ्टको गेम स्टोरमा माइक्रोसफ्ट गेम स्टुडियोका विभिन्न गेमहरु उपलब्ध हुनेछन् । यद्यपि माइक्रोसफ्टको मोबाइल गेम स्टोरमा अन्य कम्पनीहरुले आफ्ना गेमहरु राख्न पाउने नपाउने भन्ने विषयमा भने केही खुलेको छैन ।

रिपोर्ट अनुसार माइक्रोसफ्टको गेम स्टोरमा क्यान्डी क्रस सागा तथा कल अफ ड्युटीः मोबाइल जस्ता गेमहरु पनि उपलब्ध हुनेछन् ।

स्टोरमा विभिन्न गेमहरु खरिद गर्ने अफर पनि प्राप्त हुनेछ। यो स्टोर केवल मोबाइल एपका लागि मात्रै उपलब्ध हुनेछ । अर्थात् यसको वेब भर्सन लञ्च हुनेछैन।

आफ्नै मोबाइल गेम स्टोर लञ्च हुँदा माइक्रोसफ्टलाई ठूलो फाइदा पुग्नेछ । किनकि उसले गुगल तथा एप्पल जस्ता कम्पनीलाई जुन शुल्क तिर्दै आएको छ, त्यो दिनुपर्नेछैन । यो करीब ३० प्रतिशत रहेको छ।

यद्यपि भविष्यमा गुगल र एप्पलका एप स्टोरसँग माइक्रोसफ्टले कसरी प्रतिस्पर्धा गर्नेछ भन्ने कुरा निकै रोचक हुनेछ । किनकि यी दुई प्लाटफर्ममा पहिले नै धेरै एपहरु उपलब्ध छन् ।

माइक्रोसफ्ट भलै एउटा ठूलो गेमिङ कम्पनी हो, तथापि एप स्टोर तथा मोबाइलको मामिलामा एप्पल र गुगलको पहुँच यसको भन्दा निकै मजबुत छ।

एजेन्सी

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button