Main

यू-१९ विश्वकप खेल्ने नेपाली टिमको घोषणा, हेमन्तको ठाउँमा दुर्गेश

१९ पुस, काठमाडौं । दक्षिण अफ्रिकामा यसै महिना हुने यु-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार साँझ घोषणा गरेको टिममा तिव्र गतिका बलर हेमन्त धामी परेका छैनन् ।

पुस १७ गते सिनियर टिमसँग खेलिएको अभ्यास खेलमा बलले बायाँ खुट्टामा लाग्दा उनी घाइते भएका थिए ।

उनको स्थानमा दुर्गेश गुप्ताले स्थापन बनाएका छन् । अरु खेलाडी भने गत महिना एसिया कप खेल्ने खेलाडीहरु नै रहेका छन् ।

विश्वकप खेल्ने नेपालको यू-१९ विश्वकप खेल्ने  टिम

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button