रास्वपाले टुंग्यायो दबाब यात्रा गर्ने आयोजना र नेता (सूचीसहित)

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघदेखि विकास आयोजनाहरुमा दबाब यात्रा सुरु गर्ने भएको छ ।
२१ माघमा सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्नेछन् । पहिलो दिनको दबाब यात्रामा सबै सांसद र केन्द्रीय नेताहरु सहभागी हुनेछन् ।
२२ माघदेखि संसद अधिवेशन सुरु हुने भएकाले रास्वपाले अरु आयोजनाको दबाब यात्राको मिति भने तोकेको छैन । तर दबाब यात्रा गर्ने आयोजना र सांसदहरुको नाम भने रास्वपाले टुंग्याएको छ ।
मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।
रास्वपाले एक प्रदेशमा तीन वटा पर्ने गरी दबाब यात्रा गर्ने आयोजना छनोट गरेको छ । सहमहामन्त्री विपिनकुमार आचार्य, सहप्रवक्ता प्रतिभा रावल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र नेताहरू श्रीराम न्यौपाने, कृष्ण भेटवाल र खुश्बु सरकार श्रेष्ठ रहेको कार्यदलले दबाब यात्रा गरिने आयोजना, मोडालिटी र नेता चयन गरेको हो ।
रास्वपाले यसअघि पुसको दोस्रो साता नारायणगढ–बुटवल सडक खण्डमा दबाब यात्रा गरेको थियो ।
यी हुन् रास्वपाले दबाब यात्रा गर्ने आयोजना र अगुवाइ गर्ने नेता :
– यस समाचारको श्रोत : Online Khabar हो ।