Main

‘रुखान’मा आर्यनले नीतिसँग जोडी बाँध्ने

काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको आगामी फिल्म ‘रुखान’को लिड मेलमा आर्यन अधिकारी जोडिएका छन् । सवीर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा यी दुईले जोडी बाँध्ने पक्का भएको जनाइएको छ ।

कथा सुहाउने भएपछि अधिकारीलाई अनुबन्धित गरिएको जानकारी निर्देशक श्रेष्ठले दिए । अधिकारीले पछिल्लोपटक एक्सन–थ्रिलर ‘लाखे’मा अभिनय गरेका थिए । दुई वर्षको ग्यापपछि उनी नयाँ फिल्ममा देखिन लागेका हुन् ।

फिल्म महिला प्रधान कथावस्तुमा बन्न लागेको हो । राजनीतिक र सामाजिक चुनौतीको बाबजुद महिला पात्रले गर्ने संघर्षको कथावस्तुमा फिल्म बन्ने जनाइएको छ ।

यो फिल्म नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा निर्माण हुने जनाइएको छ । फिल्ममा कृष्ण थापा र सुरेश गुरुङको लगानी रहनेछ । रुपक घिमिरेको कथा रहेको फिल्मका कार्यकारी निर्मातामा अभिनेता समेत रहेका सविन श्रेष्ठ छन् ।

अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ । यो फिल्म सविन फिल्म्स, भिक्टोरी प्रोडक्सन हाउस र काइट्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button