‘रेशम फिलिली’को दोस्रो श्रृंखला बन्ने, यी हुन कलाकार र निर्देशक
काठमाडौं । ९ वर्षअघिको सुपरहिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । निर्माता, निर्देशक र कलाकारमा केही हेरफेर गर्दै फिल्म ‘फेरी रेशम फिलिली’ बनाउने घोषणा गरिएको हो ।
फिल्मको निर्माणमा विनय श्रेष्ठको दि मोसन पिक्चर्सले अर्को ब्यानर सिनेमा आर्टसँग सहकार्य गर्ने भएको छ । दोस्रो श्रृंखलालाई निरोज महर्जनले निर्देशन गर्ने भएका छन् ।
दशैंपछि छायांकन हुने जनाइएको दोस्रो श्रृंखलाका कलाकारमा कलाकारमा विनयसहित कामेश्वर चौरासियाले निरन्तरता पाउने भएका छन् । यो सिक्वेलमा सुपुष्पा भट्ट, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रवीन्द्र झा, शिशिर बाङ्देल, महेश त्रिपाठीको इन्ट्री भएको छ ।
पहिलो भागको मुख्य अभिनेत्रीमा मेनुका प्रधान थिइन् भने निर्देशक प्रणव जोशी थिए । निर्मातामा माधव वाग्ले पनि थिए । यी तीनैजनालाई नयाँ टीमले रिप्लेस गरेको देखिएको छ ।
फिल्मको छायांकारमा सुसन प्रजापति, सम्पादकमा सुरेन्द्र पौडेल, पटकथा लेखकमा निरोज महर्जन र आकाश बराल हुने जनाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।