Main

विदेशी मुद्राको विनिमयदर कति पुग्यो ?

काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको भाउ २० पैसाले घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ ५० पैसा र बिक्रीदर १४० रूपैयाँ १० पैसा कायम गरिएको छ। सोमबार एक ओमरिकी डललको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० रहेको थियो।

मंगलबार यूरोपियन युरो एकको खरिदमूल्य १४५ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ४१ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ८३ पैसाले बढेको हो। यसअघि सोमबार एक युरो खरिदमूल्य १४४ रूपैयाँ ९५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५८  पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रूपैयाँ २३ पैसा कायम गरिएको छ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८३ र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ६९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ११ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २९ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १३ पैसा तथा बिक्री दर १९ रूपैयाँ २१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६० पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ४४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २० पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३८ रूपैयाँ १५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३७ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ७९ पैसा र बिक्रीदर ४५३ रूपैयाँ ७४ पैसा र बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ १० पैसा र बिक्रीदर ३७१ रूपैयाँ ६९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button