Main

विदेश जानेले अब ३ दिनमै ‘ड्राइभिङ लाइसेन्स’ पाउने

काठमाडौँ। अध्ययन, रोजगारी र शान्ति शेनामा विदेश जानेले अब ३ दिनमै सवारी चालक अनुमतिपत्र ‘ड्राइभिङ लाइसेन्स’ पाउने भएका छन्।

यातायात व्यवस्था विभागका अनुसार अब अध्ययन तथा रोजगारीका लागि विदेश जाने नागरिक र शान्ति मिसनमा जाने नेपाली सेना एवम् नेपाल प्रहरीले तीन कार्यदिनभित्र लाइसेन्स पाउनेछन्।

विभागले बुधबार एक सूचना प्रकाशित गर्दै आउँदो आइतबार (पुस १५) देखि यो सुविधा लागू हुने जनाएको छ। यसका लागि विभागको अनलाइन पोर्टल मार्फत निवेदन दिन पर्नेछ।

‘निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ,’ विभागले भनेकाे छ।

निवेदकले लाइसेन्स लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातहरूको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिएर आउनसमेत विभागले अनुरोध गरेको छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button