विश्व खेलकुद पत्रकार दिवसको अवसरमा अन्तरक्रिया

१८ असार, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
हरेक वर्ष जुलाई २ मा यो दिवस मनाउने गरिन्छ । यसपटक मञ्चले ओलम्पिकमा नेपालको सहभागिता विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा राष्ट्रिय खेलकुख परिषदका सदस्य सचिव टंक लाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, ओलम्पियन तथा राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्ट, मञ्चका पूर्व अध्यक्षद्वय अजय फुयाल र महेश आचार्यले नेपाली खेलकुद र नजिकँद गरेको ओलम्पिकमा नेपालकोसहभागिताबारे आफ्नो धारणा राखेका थिए ।
राखेप सदस्य सचिव घिसिङले यस्ता खालको अन्तरक्रिया कार्यक्रम नेपाली खेलकुदमा हुनुपर्ने र ओला्पिक मात्र नभई समग्र नेपाली खेफकुदको बारेमा नियमित छलफल हुनुपर्ने बताए ।
यस्तै ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले जुलाई-अगष्टमा पेरिसमा हुने ओलम्पिकमा नेपालको सहभागिता र तयारीबारे जानकारी गराउँदै नेपालबाट पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीको सहभागिता निश्चित भएको बताए ।
यस्तै ओलम्पियन दीपक विष्टले ओलम्पिक कुन पनि खेलाडीको लागि सबैभन्दा ठूलो प्रतियोगिता भएको र त्यहााँ पुग्ने सबैको सपना हुने बताए । मञ्चका पूर्व अध्यक्षद्वय फुयाल र आचार्यले ओलम्पिकमा सहभागि भएर रिपोर्टिङ गर्दाको अनुभव सुनाए ।
यसैगरी मञ्चका कार्यबाहक अध्यक्ष निरन्जन अधिकारीले नेपाली खेलकुल रिपोर्टिङमा चुनाैती बढ्दै गएको भन्दै त्यही अनुसार साधन स्रोत प्रविधि भएमा राम्रो रिपोर्टिङ गर्न सक्ने बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।