Main
सुपुष्पा र विनयले थाले ‘फेरि रेशम फिलिली’को छायांकन

काठमाडौं । ९ वर्षअघिको सुपरहिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखलाको छायांकन सुरु भएको छ । निर्माता, निर्देशक र केही कलाकार हेरफेर गर्दै सोमबारदेखि काठमाडौंमा छायांकन सुरु भएको हो ।
दोस्रो श्रृंखलाको शीर्षक ‘फेरि रेशम फिलिली’ राखिएको छ । यो फिल्मको पटकथा तथा संवाद निरोज महर्जनको छ । कलाकारमा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, नीर शाह, रविन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती छन् ।
सिनेमा आर्ट्स र भी मोसन पिक्चर्सको सहकार्यमा फिल्म बन्न लागेको हो । सुसन प्रजापति छायांकार, सुरेन्द्र पौडेल सम्पादकको रुपमा छन् । संगीत कालीप्रसाद बास्कोटा, एसीडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।