Main

शुक्रबारदेखि काठमाडौंमा संगीत महोत्सव ‘इकोज इन द भ्याली’

काठमाडौं । संगीत महोत्सव ‘इकोज इन द भ्याली’को आठौं संस्करण आगामी शुक्रबार र शनिबार आयोजना हुने भएको छ । हनुमानढोका संग्रहालय र इतुम बहाल क्षेत्रमा दुई दिनसम्म फेस्टिभल हुन लागेको हो ।

महोत्सवमा अमेरिका, भारत, मौरिसस, स्पेन र युक्रेनका कलाकारले प्रस्तुति दिने जनाइएको छ । डब डब दफा, दहना, राजामती गायक, हिमालयन हाइवे, सोनगी ब्लुज र सुर सुधाले प्रस्तुति दिनेछन् ।

डेढ सय कलाकारको सहभागिता रहने फेस्टिभलमा दुई कार्यशाला, दुई प्रदर्शनी, सम्पदा भ्रमण, परिवार तथा बालबालिका गतिविधि, स्थानीय खाना र स्वदेशी उत्पादन प्रस्तुत गर्ने स्टल रहनेछन् ।

यस संस्करणले अमूर्त सांस्कृतिक सम्पदाको रूपमा संगीतको महत्वलाई पनि प्रकाश पार्ने जनाइएको छ । पहिलो दिन शास्त्रीय सांगीतिक समूह सुरसुधाले प्रस्तुति दिनेछ । जनकपुरको मिथिलेश्वर जिझिया टोली, इतुम बहलको स्थानीय धिमे समुह, भारतको मणिपुरको प्रयोगात्मक लोककलामा आधारित सिओम र मरिससको सांगीतिक समूह अबाइमको प्रस्तुति रहनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button