सपोर्ट माइक्रोफाइनान्सको नाफा ९४ प्रतिशत बढ्यो

१२ वैशाख, काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सको खुद नाफा ९४.९ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म खुद नाफा १ करोड २३ लाख ४० हजार रुपैयाँ छ ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ६२ लाख ३१ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानीमा आएको सुधार र लोनलस प्रोभिजनबाट रकम फिर्ता गरेर कम्पनीले नाफा बढाएको हो ।
कम्पनीको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ५२ लाख रुपैयाँ रहेकोमा अहिले ४ करोड ९१ लाख पुगेको छ । त्यस्तै प्रोभिजनबाट ६२ लाख ५४ हजार रुपैयाँ फिर्ता लिएको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा पुगेको छ ।
कम्पनीको निष्क्रिय कर्जामा राम्रो सुधार देखिएको छ । पहिले यस्तो कर्जा कुल कर्जामा ३.२५ प्रतिशत रहेकोमा अहिले १.४७ प्रतिशतमा झरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।