Main

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : प्रधानमन्त्री

१५ माघ, सिमरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन भ्रमणपश्चात् स्थानीय व्यवसायीसँग सोमबार अन्तरक्रिया गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउनेमा जोड दिए ।

‘निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्व दिएर निजी-सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ ।’

‘सेज’ले उत्पादन र निर्यात प्रवद्र्धनमा सहयोग पुर्‍याइ देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button