Main
सहकारी छानबिन समितिमा गृह सचिव र आईजीपी उपस्थित

२१ असार, काठमाडौं । ‘सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ को छलफलमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर उपस्थित भएका छन् ।
सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा उनीहरुसँग छलफल गर्नका लागि समितिले बोलाएको थियो ।
त्यसअनुसार उनीहरु शुक्रबारको छलफलमा उपस्थित भएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।