सहाना प्रधान स्मृति यू-१९ भलिबल आइतबारदेखि

८ असार, काठमाडौं । सहाना प्रधान फाउण्डेसनको आयोजना र नेपाल भलिबल संघको व्यवस्थापनमा हुने प्रथन सहाना प्रधान स्मृति यू-१९ राष्ट्रियभलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आइतबारदेखि राजधानीमा सुरु हुने प्रतियोगितामा नेपाल सातवटै प्रदेशको महिला र पुरुष टिमले प्रतिस्पर्धा गर्नेछन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगितामा महिला र पुरुष दुवै तर्फ दुई समूहमा विभाजन गरेर खेल खेलाइनेछ ।
महिलातर्फ समूह ए मा कोशी, मधेश, कर्णाली र लुम्बिनी प्रदेश छन् भने समूह बी मा बागमती, गण्डकी र सुदूरपश्चिम छन् ।
यस्तै पुरुषतर्फ समूह ए मा मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम छन् भने समूह बी मा कोशी, गण्डकी र लुम्बिनी छन् ।
प्रतियोगिताको पहिलो दिन आइतबार पुरुषतर्फ मधेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । यस्तै महिलातर्फ मधेश र बागमती र लुम्बिनी र कोशीबीच आइतबारै प्रतिस्पर्धा हुनेछ ।
पहिलो पटक बयोजना हुन लागेको यू१९ भलिबल प्रतियोगितामुख्य प्रायोजकमा सीजी फुड्सको वाईवाई र मिडिया पार्टनरमा केएमजीको कान्तिपुर म्याक्स टिभी रहेको छ । प्रतियोगिताको कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
ग्रासरुट स्तरदेखि नै भलिबल विकास गर्ने लक्ष्यका साथ सातै प्रदेशका महिला तथा पुरुष यू–१९ टिम सहभागि गराएर प्रतियोगिता गराउन लागेको आयोजकले जनाएको छ ।
असार १५ सम्म चल्ने प्रतियोगिता विजेताका दुवैतर्फका विजेताले ३ लाख, २ लाख, १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै दुवै तर्फ उत्कृष्ट खेलाडी समान २५ हजार र विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।