Main

साफ वुमन्स च्याम्पियनसिपका लागि बंगलादेशको टिम काठमाडौं आइपुग्यो

२९ असोज, काठमाडौं। साफ वुान्स च्याम्पियनसिप-२०२४ मा भाग लिन बंगलादृशको टिम मंगलबार काठमाडौं आइपुगेको छ। टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

च्याम्पियनसिप खेल्न पाकिस्तान र माल्दिभ्स यसअघि नै नेपाल आइपुगिसकेका छन् भने अन्य टोली आउने क्रम जारी छ ।

श्रीलंका र भारतको टोली आजै आइपुग्नेछ भने भुटानी टोली बुधबार काठमाडौं आइपुग्नेछ। साफ वुमन्स च्याम्पियनसिपको सातौं संस्करण कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ।

साविक विजेता बंगलादेश समूह ‘ए’मा छ। यस समूहमा सर्वाधिक ५ पटकको विजेता भारत अनी पाकिस्तान छन्। यस्तै समूह बी मा घरेलु टोली नेपालसँगै भुटान, माल्दिभ्स र श्रीलंका छन् ।

च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भारत र पाकिस्तानबीच खेल हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button