Main

सिटौलाको टिकट पक्का, उम्मेदवारी दर्ताका लागि लागे विराटनगर

२२ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारहरु टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आइतबार साँझ बस्दैछ ।

पार्टी कार्यालय, सानेपामा नेताहरु भेला भएका छन् । त्यसअघि सभापति शेरबहादुर देउवाको कार्यकक्षमा संसदीय बोर्डका सदस्यहरुबीच छलफल भएको थियो ।

पार्टीको औपचारिक बैठक बस्नुअघि कोशी प्रदेशमा कांग्रेसले पूर्वमहामन्त्री कृष्ण सिटौलालाई उम्मेदवार बनाउने पक्का भएको एक नेताले जानकारी दिए । उम्मेदवारी दर्ताका लागि विराटनगर जान उनी केहीबेर अघि पार्टी कार्यालयबाट निस्किएका छन् ।

सभापति देउवाले सुरुमै सिटौलालाई वचन दिएका थिए । यही क्षेत्रमा डा. शेखर कोइराला–गगन थापा समूहका डा. मिनेन्द्र रिजालको पनि दाबी थियो । स्रोतका अनुसार शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा. शेखरलाई बोलाएर सिटौलालाई राष्ट्रियसभामा लैजान सहयोग मागेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button