Main

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरी मन्त्री बन्दै

२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी(नाउपा) पनि सरकारमा सहभागी हुने भएकाे छ ।

नाउपाले लक्ष्मणकिशाेर चाैधरीलाई मन्त्री बनाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

उनका अनुसार लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् ।

सुदूरपश्चिममा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमलबहादुर शाहले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
शपथ ग्रहणसँगै शाहले मन्त्रिपरिषद् समेत सोमबार नै विस्तार गर्ने तयारी गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button