Main

स्व.यज्ञप्रसाद आचार्य रोटरी जर्नो लाइफटाइम अचिभमेन्ट अवार्ड स्थापना

१३ असार, काठमाडौं । यज्ञप्रसाद आचार्य रोटरी जर्नो लाइफटाइम अचिभमेन्ट अवार्ड स्थापना गरिएको छ ।

बिहीबार रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको सहकार्यमा ८६ वर्षीया आमा उमादेवी आचार्यले स्व. पिता यज्ञप्रसाद आचार्यको स्मरणमा उक्त पुरस्कार स्थापना गरेकी हुन् ।

उक्त पुरस्कार जीवनको लामो समय पत्रकारिता, सञ्चारीकरण र साहित्यिक पत्रकारितामार्फत नेपाली समाजको श्रीवृद्धिमा अविस्मरणीय योगदान पुर्‍याउने व्यक्ति प्रदान गरिनेछ ।

उक्त पुरस्कारको राशि १ लाख १ हजार राखिएको छ भने यसैवर्षदेखि प्रत्येक २ वर्षमा वितरण गरिने संस्थाले जनाएको छ ।

स्वर्गीय आचार्यले विसं २००३ सालमा भाषाशास्त्री गुरू महानन्द सापकोटाको सल्लाहमा धरानबाट छात्रवाणी पत्रिका सम्पादन र सञ्चालन गरी पत्रकारिताको यात्रा सुरू गरेका थिए ।

उक्त पुरस्कारको निमित्त हुने चयन र सञ्चालनको सम्पूर्ण जिम्मेवारी रोटरी डिस्ट्रिक्टलाई प्रदान गरिएको छ । सो पुरस्कार सम्बन्धी सहमतिपत्रमा रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर श्री राजेन्द्रप्रसाद ध्वजु र संस्थापकका तर्फबाट म, सुरेश आचार्यले आज रोटरी भवन, थापाथलीमा हस्ताक्षर गरेका छन्।

स्व. आचार्यको २०२० सालमा “मुक्तात्मा” र २०६५ सालमा “फ्यूजनको जगमा शिलान्यास” कथा संग्रह प्रकाशित छ । साथै ‘निर्वाचनोप्रान्त नेपालको परराष्ट्र नीति नामक पुस्तक २०१८ सालमै प्रकाशन भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button