Main

बगरैबगर पूर्व जाने वैकल्पिक बाटो (तस्वीरहरु)

१ कात्तिक, काठमाडौं । रोशी खोलामा आएको बाढीले पक्की सडक बगाउँदा अहिले बीपी राजमार्ग कामचलाउ बन्न पुगेको छ ।

बाढीबाट नेपालथोकदेखि चौकीडाँडासम्मको सडक खण्डमा ठूलो क्षति पुगेकाले १४ दिनसम्म यो खण्ड बन्द भएको थियो । तर स्थानीय सरकार, सडक विभाग, सुरक्षाकर्मी र स्थानीय मिलेर दशैंको अघिल्लो दिन (२५ असोज) देखि अवरुद्ध सडकखण्ड खुलाए ।

अवरुद्ध सडक खोल्न अनेक उपाय अपनाइएको छ । बाढीले सडक बगेका अधिकांश ठाउँमा बगर खोलेर सडक निकालिएको छ । रोशी खोलाको पानी छेकेर बगरमा सडक निकालिएको छ । यद्यपि कामचलाउ अवस्थाका सडक भएकाले यात्रा सजिलो छैन ।

रोशी सहित अरु स–साना खोलाको पानीले सवारी सञ्चालनमा समस्या आइरहेको छ । काम चलाऊ सडकहरुमा नेपाल प्रहरीको सहयोगमा ट्राफिक व्यवस्थापन गरिएको छ ।

यद्यपि सवारी चाप धेरै हुनु, सडक ट्र्याक मात्र खोलिएको अवस्थामा हुनु र ट्राफिक प्रहरीको संख्या आवश्यकता बमोजिम नहुँदा समस्यै समस्या देखिन्छ ।

विशेषगरी चौकीडाँडा छेऊको सडकको विकल्पमा खोलाको बगर भएर फेरि मूल सडक निस्कने ठूलै सकस परिरहेको छ ।

हेर्नुहोस् तस्वीरहरु:

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button