Main

४ बुँदे मागसहित आन्दोलनमा उत्रिए दूरसञ्चार प्राधिकरणका कर्मचारी

९ साउन, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूले आफूहरूको चार बुँदे माग सम्बोधन नभएको भन्‍दै आजदेखि चरणबद्ध आन्दोलन उत्रिएका छन् ।

प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनमा आबद्ध कर्मचारीहरूले संस्थागत, संरचनागत, र व्यवस्थापकीय सुधारका लागि विभिन्न समयमा पेश गरेका ४ बुँदे मागहरू सुनुवाइ नभएको भन्दै आन्दोलनमा उत्रिनु परेको युनियनका अध्यक्ष शिवराज जैसीले बताए ।

उनले कर्मचारीले पेश गरेका ४ बुँदे मग सम्बोधन नभएर चरणबद्ध आदोलनमा उत्रिने चेतावनी समेत दिए । उनले भने, ‘हामीले पटक-पटक संस्थागत, संरचनागत, र व्यवस्थापकीय सुधारका लागि विभिन्न समयमा मागहरू पेश गरेका छौं। तर, कुनै पनि सुनुवाइ भएको छैन। अब पनि सुनुवाइ नभए कडा रुपमा आन्दोलन गर्छौं।’

उनका अनुसार आज(बुधबार) कर्मचारीहरूले कार्यस्थलमा कालो ब्यानर र हातमा कालो पट्टी बाँधेर कार्यास्थलमै विरोध प्रदर्शन गरेका छन् । यसअघि कर्मचारीहरूले १० दिनभित्र माग सम्बोधन नभए चरणबद्ध​आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

‘यति गर्दा पनि भएन भएन चरणवद्ध रुपमा पेन डाउन गर्ने, डिजिटल सिग्नेचर व्यवस्थापन समक्ष बुझउँछौं र प्राधिकरणको कार्य सम्पूर्ण रूपमा ठप्प पार्छौं,’ अध्यक्ष जैसीले भने, ‘ हामीले प्राधिकरणका कार्यालय प्रमुखको कार्यकक्षामा धर्ना दिने तथा कार्यालय प्रमुखलाई कार्यालय प्रवेश निषेध गर्नेसम्मका कार्यकम तय गरेका छौं।’

प्राधिकरणका कर्मचारीहरुको महत्वपूर्ण माग कार्यकक्षको वातावरण प्रतिकूलसँग सम्बन्धित रहेको युनियनका अध्यक्ष जैसीले बताए । उनले भने, ‘हाम्रो पहिलो र महत्वपूर्ण माग नै कार्यकक्षको वातावरण प्रतिकूलसँग सम्बन्धित छ। कार्यकक्ष नै अध्यारो, भुइँतला र पार्किङमा अक्सिजनको कमी छ। यसले गर्दा धेरै कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यमा जोखिम छ।’ यसअघि कमलादीमा रहेको कार्यालय तीन वर्षअघि राष्ट्रिय नाचघर जमलमा सारिएको थियो ।

कर्मचारीहरूले प्राधिकरणको आफ्नै स्वामित्वको घर जग्गा तथा भवन निर्माण कार्यको सुनिश्चितता गर्न व्‍यवस्थापन गर्न माग गरेका छन् ।

हेर्नुहोस् प्राधिकरणका कर्मचारी युनियनले जारी गरेको विज्ञप्ति : 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button