Main
कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी

३० चैत, काठमाडौं । काठमाडौंको कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ ।
शुक्रबार साँझ जेनेरेटर स्टार्ट गर्ने बेलामा आगलागी भएको तर आगो लागेको केही समयमा नै नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार आगलागी हुने बित्तिकै सुरक्षाकर्मी परिचालन भएर आगलागी नियन्त्रणमा ल्याएकाले जेनेरेटर बाहेक अन्य कुनै पनि क्षति नभएको बताइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।