विनानिष्कर्ष टुंगियो डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद छलफल

९ भदौ, काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल विवाद सम्बन्धी निर्णय गर्न बसेको सार्वजनिक लेखा समितिको आइतबारको बैठक विनानिष्कर्ष टुंगिएको छ । बक्यौता महसुल विवादबारे सांसदहरू बीच मत बाझिएपछि बैठक विनानिष्कर्ष टुंगिएको हो ।
विवाद समाधानको बिन्दु खोज्न आइतबारको छलफल लामो समय चलेको थियो । बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अनुसन्धान गर्न अख्तियार पठाउने आशयको प्रस्ताव समिति सभापति ऋषिकेश पोखरेलले गरेका थिए । सभापति पोखरेलले सो प्रस्तावबारे निर्णय गराउन खोजेपछि नेकपा माओवादी केन्द्रका सांसदहरूले त्यसको प्रतिवाद गरेका थिए ।
बैठकमा एमाले सांसद गोकुल बास्कोटाले माओवादीका सांसदको प्रस्तावमा विरोध गरेका थिए । त्यसपछि लेखा समितिको निर्णय सुनाउने क्रम नै सांसदहरूबीच नोकझोक भएको थियो ।
त्यसपछि सभापति पोखरेलले अर्को बैठकमा छलफल गर्ने गरी बैठक स्थगित भएको घोषणा गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।