Main

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंसिर २४ गते सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको पौडेलले जानकारी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button