Main

अन्तर विद्यालय छात्रा टच रग्बीको उपाधि अमर इंग्लिस सेकेण्डरी स्कुललाई

२८ पुस,काठमाडौं । नेपाल महिला रग्बी क्लबद्वारा आयोजित प्रथम अन्तर विद्यालय छात्रा टच रग्बी प्रतियोगिताको उपाधि अमर इंग्लिस सेकेण्डरी स्कुले जितेको छ ।

अमर स्कुलले फाइनलमा तिर्लिङटार माविलाई पराजित गरी च्याम्पियन बनेको हो । यस्तै एसिया प्यासिफिक स्कुल तेस्रो भयो ।

प्रतियोगितामा विभिन्न ११ वटा विद्यालयको सहभागी रहेको नेपाल महिला रग्बी क्लबकी अध्यक्ष एलिसा थापाले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारी, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तथा नेपाल रग्बी संघका उपाध्यक्ष विश्वामित्र सन्ज्याल, नेपाल रग्बी संघका उपाध्यक्ष शशी लामा, महासचिव गोविन्द घिमिरे लगायतले पुरस्कार वितरण गरे ।

यस्तै नेपाल महिला रग्बी क्लबको आयोजना र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा दुई दिने कोच र रेफ्री ट्रेनिङ कोर्स समेत सम्पन्न भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button