Main

एमाले सांसद अधिकारीविरुद्धको निवेदनमाथि आज सुनाइ हुँदै

काठमाडाैँ। मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुने भएको छ।

जापानमा मानव तस्करी काण्डमा जोडिएपछि अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए। सो काण्डमा मुछिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

प्रहरीले अधिकारीसहित १२ जनालाई तीनवटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको भएतापनि उक्त काण्डमा अधिकारी संलग्न रहेको नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च गएका थिए। सर्वोच्च प्रशासनले त्रिपाठीको निवेदन दरपीठ गरिएपछि उक्त दरपीठविरुद्धको निवेदन भने फेरि सर्वोच्चमा दर्ता भएको थियो।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button