कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अतिरिक्त ब्याज पाइने

काठमाडौं । कुमारी बैंकले मोबाइल बैंकिङ एप मार्फत मुद्दती खाता खोल्दा ०.१५ प्रतिशत थप ब्याजद दिने भएको छ ।
नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मार्फत मुद्दती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ ।
कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिँदा ०.२५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।
ग्राहकहरूको समयको महत्त्वलाई मध्यनजर गर्दै सो सेवा कुमारी स्मार्ट मार्फत घरमै बसेर तुरुन्तै लिन सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
मुद्दती खाता खोल्नका लागी र मुद्दती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रक्रियाहरु नचाहिने र मोबाइल बैंकिङ एप मार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने बैंकले उल्लेख गरेको छ ।
२०८१ वैशाखका लागि मुद्दती खातामा पाइने ब्याजदर
अवधि
आफैं उपस्थित भएर खोलिने मुद्दतीमा पाइने ब्याजदर
कुमारी स्मार्टबाट खोलिएका खातामा पाइने ब्याजदर
३–६ महिना
६.५१%
६.६६%
६ महिनादेखि १ वर्ष मुनि
७.००%
७.१५%
१ वर्ष माथि
७.११%
७.२६%
– यस समाचारको श्रोत : Online Khabar हो ।