Main

केकीले ल्याइन् फिल्म ‘बोक्सीको घर’को पोस्टर

काठमाडौं । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले होम प्रोडक्सन फिल्म ‘बोक्सीको घर’को आधिकारिक पोस्टर सार्वजनिक गरेकी छन् । बसन्त पञ्चमीको अवसरमा उनले आफूले निर्माण गरेको फिल्मको पोस्टर ल्याएकी हुन् ।

पोस्टरमा चन्द्रमाको प्रकाश र रातमा रुखमुनि रातो सारी लगाएकी महिला चित्रण गरिएको छ । कथित बोक्सी प्रथाको नाममा महिलालाई कसरी पीडित तुल्याइन्छ भन्ने कथावस्तुमा यो फिल्म निर्माण भएको छ । सुलक्षण भारती निर्देशित फिल्मले बोक्सीप्रथाविरुद्ध जनचेतना जगाउँछ ।

यो फिल्म वैशाख १४ गते प्रदर्शन हुँदैछ । यो फिल्मबाट निर्मात्रीको रुपमा केकीले डेब्यु समेत गर्दैछिन् । पोस्टरअनुसार बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता छन् ।

पोस्टर सार्वजनिक गर्दै केकीले लेखेकी छन्, ‘खुल्नेछन्, एक-एक गर्दै रहस्यका पोकाहरु…। झुठ, न पहिले लुकाएर लुक्यो, न अब नै लुक्नेछ । हट्नेछन् भ्रमका तुँवालोहरु । हुनेछ जित, अवश्य… सत्यको !’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button