दशैंमा कुमार दवाडीले ल्याए ‘जिन्दगानी प्यारो लाग्छ’
२२ असोज, काठमाडौं। गायक कुमार दवाडीले दशैंको शुरुवातसँगै नयाँ गीत सार्वजनिक गरेका छन् ।
डा. कृष्णहरी बरालका शव्दमा दिपक भट्टराईले संगीत उनेको ‘जिन्दगानी प्यारो लाग्छ’ बोलको गीतमा उनले आफ्नो मखमली आवाज भरेका छन् ।
एक दशकभन्दा लामो समय देखि संगीतको अध्ययनमा समेत रहेका उनले दशैंको छेकपारि ल्याएको गीतले माया, जीन्दगी र विश्वासका कथा भनेको छ ।
उनको आफ्नै ‘कुमार दवाडी’ युट्युव मार्फत सार्वजनिक गीतको म्युजिक भिडीयोमा निर्देशक युवराज वाईवाले ‘क्लासिक लभस्टोरी’ को छनक दिएका छन् ।
रिवाज गौतम र दिपिका शाहको चुलबुले र मायावी चाल–ढाल म्युजिक भिडीयोमा देख्न सकिन्छ । तीन वर्ष अघि उनले ‘नबोलि जित्छौ तिमी’ बोलको गीतसँगै म्युजिक भिडीयो ल्याएका थिए।
डेढ दशकदेखि काठमाडौमा रहेर शिक्षणसँगै संगीतलाई अघि बढाई रहेका उनले आगामी दिनमा संगीतलाई थप समय दिने पनि बताएका छन्।
किशोरावस्था देखिनै गीत–संगीतमा रुची राख्ने उनी ‘विक्ने भन्दा पनि टिक्ने’ संगीत आफ्नो रोजाईमा पर्ने सुनाउँछन् ।
नेपाली संगीत क्षेत्रमा उदाउँदा गायक कुमार हाल झापाको दमकका स्थाई बासिन्दा हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।