Main

‘पर्खिबसें तिमीलाई’को विशेष शोमा पुगे सेलिब्रेटी

काठमाडौं । फिल्म ‘पर्खि बसें तिमीलाई’को शुक्रबार विशेष शो गरिएको छ । बानेश्वरस्थित वान सिनेमाज् हलमा आयोजित समारोहमा कास्ट एण्ड क्रिउसहित सेलिब्रेटीको उपस्थिति रह्यो ।

निर्देशक दीपक श्रेष्ठ, कलाकारहरु शिव श्रेष्ठ, किरण श्रेष्ठ, रक्षा बुढाथोकी लगायत समारोहमा सहभागी भए । विशेष शोमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्देशक श्रेष्ठले बताए ।

फिल्म निर्माता तथा निर्देशक आकाश अधिकारीले राम्रो लभस्टोरी कथामा फिल्म बनेको बताए । निर्माता राजाराम बुढाथोकीले सकारात्मक प्रतिक्रियाले आफूलाई अर्को फिल्म बनाउन हौसला मिलेको बताए ।

दुई युवायुवतीको प्रेमकथामा आधारित यो रोमान्टिक फिल्मबाट किरण र रक्षाले डेब्यु गरेका हुन् । फिल्ममा यी दुईको जोडी बाँधिएको छ । निर्देशक श्रेष्ठको यो २७ औं फिल्म हो । फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

तस्वीर सौजन्य : सुरेन्द्र थापा

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button