Main

पोखरामा टेलिकमको तार चोरी आरोपमा ३ जना पक्राउ

१२ फागुन, पोखरा । पोखरामा नेपाल टेलिकमको तार चोरी गरेको आरोपमा एक भारतीय नागरिकसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा–५ पर्स्याङका २९ वर्षीय रमेश सार्की, पट्नेरीका २१ वर्षीय विजय नेपाली र भारत मोतिहारी घर भएका २७ वर्षीय कोफिरोज आलम छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार उनीहरू फागुन ८ गते पक्राउ परेका हुन् । उनीहरूको साथबाट १६ हजार मूल्य बराबरको ३५ मिटर तार र १९ किलोग्राम पगालेर राखेको तयारी तामाको तार बरामद भएको छ ।

पक्राउ परेका तिनै जनालाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको डीएसपी विकले जानकारी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button