Main

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१८ असार, काठमाडौं । सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ रहेकोमा बुधबार १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँ रहेको चाँदी आज १८२५ रुपैयाँ कायम भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button