Main
बर्षा नरोकिएपछि आन्तरिक उडान अझै बन्द
काठमाडौँ। लगातारको वर्षापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आजपनि बन्द गरिएको छ।
वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय तर्फ भने शनिवार दोहाबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।
यस अघि भारी बर्षापछि शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म आन्तरिक उडान बन्द गरिएको थियो।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।