Main
बाफिया संशोधन विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

६ फागुन, काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदमा पेस गर्न स्वीकृत दिइएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै संसदमा दर्ता भएर सैद्धान्तिक स्वीकृतिपछि अर्थ समितिमा पठाएको विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएको थियो ।
‘रिलेटेड पार्टी’ ल्याडिङमा कडाइ गर्ने प्रस्ताव वाफिया संशोधन विधेयकमा गरीएको स्रोतले जनाएको छ ।
कर्जा लगानी गर्दा एउटा फर्मको अर्को फर्मसँगको अन्तरसम्बन्ध विश्लेषण गर्नुपर्ने र यस्तो कर्जामा कडाइ गर्नुपर्ने प्रस्ताव रहेको स्रोतले बतायो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।