मेडिसिटी अस्पतालमा खुल्यो वात्सल्यको नयाँ क्लिनिक (भिडियो)

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफले ललितपुरस्थित नेपाल मेडिसिटीसँगको सहकार्यमा नयाँ क्लिनिक सञ्चालनमा ल्याएको छ । वात्सल्यले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर मेडिसिटी अस्पताल परिसरभित्र क्लिनिक सुरु गरेको हो ।
सोमबार आयोजित समारोहमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले क्लिनिकको उद्घाटन गरे । उद्घाटनपछि बोल्दै डा. महतोले बच्चाको चाहना भएर पनि प्राकृतिक रुपमा बच्चा प्राप्त गर्न नसक्ने दम्पतीका लागि वात्सल्यको सेवाले सहजता प्रदान गर्ने बताए ।
‘बच्चा नहुनुको पीडा ती दम्पतीलाई मात्र थाहा हुन्छ । वात्सल्यले सन्तान नहुनेका लागि ठूलो सेवामुखी काम गरिरहेको भन्दै यो कार्यमा आफू पनि जोडिन पाउँदा खुसी लागेको छ,’ उनले भने ।
उद्घाटन कार्यक्रममा वात्सल्यको ब्रान्ड एम्बेसडरका रुपमा २०२४ का मिस नेपाल विजेताहरू आस्माकुमारी केसी, सुमना केसी र करुणा रावत पनि उपस्थित थिए ।
वात्सल्यको रिब्रेडिङले नयाँ लोगो, नयाँ ब्रान्ड रङहरू र नयाँ विषयवस्तु सहित नयाँ नारा (स्लोगन) ‘नयाँ आशा, नयाँ जीवन’लाई सार्वजनिक गरेको छ । विगत आठ वर्षदेखि करिब पाँच हजार जोडीलाई सन्तान प्राप्तिको मुख दिएको वात्सल्यले जनाएको छ ।
यस नयाँ पहिचानसँगै वात्सल्यले इच्छुक दम्पतीमाझ अभिभावकत्वको आशा पुन: जगाउँदै उनीहरूलाई एक नयाँ प्रेरणा र नयाँ जीवन दिने आफ्नो प्रतिबद्धता दर्शाएको छ ।
‘हाम्रो धारणा भनेको प्रत्येक इच्छुक परिवारले सन्तान प्राप्तिको सुख अनुभव गर्न पाउन् भन्ने हो । हाम्रो रिब्रेडिङ नयाँ पहिचान मात्र हैन, यसले हाम्रो प्रगतिशील प्रविधिसँगै जोडीहरूको प्रजनन् यात्रामा सहानुभूतिपूर्ण समर्थन गर्नप्रति हाम्रो प्रतिवद्धतालाई पनि थप प्रस्ट पार्छ,’ वात्सल्य नेचुरल आईभीएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले भने ।
वात्सल्य समूहले काठमाडौंको नक्साल, ललितपुर, भक्तपुर, नेपालगञ्ज, चितवन र बुटवलमा सेवा प्रदान गर्दै आएको छ । पोखरा र विराटनगरमा चाँडै नयाँ क्लिनिक खोल्ने तयारी भइरहेको वात्सल्यले जनाएको छ छ ।
तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर
– यस समाचारको श्रोत : Online Khabar हो ।