यस्ताे रहेकाे छ मंगलबारकाे विदेशी मुद्राको विनिमयदर
काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ८६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ४६ पैसा कायम गरिएको छ।
सोमबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५६ पैसा तोकिएको छ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १७३ रूपैयाँ १८ पैसा कायम गरिएको छ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८२ र बिक्रीदर ८७ रूपैयाँ २० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९६ रूपैयाँ ४५ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९६ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ रहेको छ। चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०१ पैसा तथा बिक्री दर १९ रूपैयाँ ०९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ८१ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ९८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ९१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३१ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६२ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४४७ रूपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ६२ पैसा र बहराइन दिनार एकको खरिददर ३६५ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३६७ रूपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।